विश्वकपमा सहभागी राष्ट्रको यस्तो छ विगतको उत्कृष्ट प्रदर्शन

कतारमा हुने फिफा विश्वकप सुरु हुन अब केही दिन मात्र बाँकी छ । प्रतियोगितामा सहभागी सबै ३२ राष्ट्र अहिले अन्तिम तयारीमा व्यस्त छन् ।

आयोजक कतार मात्र यसपटक विश्वकपमा डेब्यु गर्न लागेको एक मात्र देश हो । यहाँ विश्वकपमा सहभागी  ३२ देशले विगतमा गरेका उत्कृष्ट प्रदर्शनको बारेमा चर्चा गरिएको छ ।  

दक्षिण अमेरिका
यस पटकको विश्वकपमा दक्षिण अमेरिकी क्षेत्रबाट ब्राजिल,अर्जेन्टिना,इक्वेडर र उरुग्वेले सहभागिता जनाउँदै छन् । 

ब्राजिल
विश्वकपको सबै (२२) वटै संस्करणमा सहभागिता जनाउने ब्राजिल एक्लो राष्ट्र हो । यो प्रतियोगिताको सर्वाधिक सफल टोली ब्राजिलले १९९५८, १९६२, १९७०, १९९४ र २००२ मा गरी पाँचपटक विश्वकप उपाधि उचाली सकेको छ । 

अर्जेन्टिना
अर्जेन्टिना १९७८ र १९८६मा विश्वकप उपाधि उचालेको अर्जेन्टिनाले १८ संस्करणमा सहभागिता जनाएको छ । 
 
उरुग्वे
१४ पटक विश्वकपमा सहभागीता जनाएको उरुग्वेले १९३० र १९५०मा उपाधि उचालेको छ । 

इक्वेडर
४ पटक विश्वकपमा स्थान बनाएको इक्वेडरको उत्कृष्ट प्रदर्शन सन् २००६ मा अन्तिम १६ मा पुग्नु हो । 



युरोप
यसपटको विश्वकपमा युरोपबाट जर्मनी, फ्रान्स, स्पेन, इंग्ल्याण्ड, बेल्जियम,नेदरल्याण्ड्स, पोर्चुगल, वेल्स, डेनमार्क, क्रोएसिया, पोल्याण्ड, सर्विया र स्विट्जरल्याण्डले विश्वपकमा स्थान सुरक्षित गरे । 
 
जर्मनी
जर्मनीले विश्वकपकमा २० संस्कणमा सहभागीता जनाउँदा चारपटक उपाधि उचालेको छ । उसले १९५४, १९७४, १९९० र २०१४ को विश्वकप उपाधि उचालेको थियो । 

फ्रान्स 
१६पटक विश्वकप खेलेको साबिक विजेता फ्रान्सले १९९८ र २०१८ मा गरी दुईपटक विश्वकप उपाधि उचालेको छ । 



स्पेन 
२०१० को विश्वकप उपाधि उचालेको स्पेनले १६पटक यो प्रतियोगितामा सहभागिता जनाएको छ । 

इंग्ल्याण्ड
१६पटक विश्वकपमा स्थान बनाएको इंग्ल्याण्डले १९६६ मा विश्वकप उपाधि जितेको थियो । 

बेल्जियम
१४पटक विश्वकपमा स्थान बनाएको बेल्जियका लागि २०१८मा तेस्रो स्थान हासिल गर्नु उत्कृष्ट प्रदर्शन हो ।

क्रोएसिया
६ पटक विश्वकप खेल्ने अवसर पाएको कोएसियाका लागि २०१८ मा उप विजेता बन्नु नै सबैभन्दा ठुलो उपलब्धि हो । 

नेदरल्याण्ड्स 
११ पटक विश्वकपमा स्थान बनाएको नेदरल्याण्ड्सले १९७४,१९७८ र २०१० मा उप विजेतामा चित्त बुझाएको थियो । 

पोर्चुगल 
८ पटक विश्वकप खेलेको पोर्चुगलका लागि १९६६ मा तेस्रो स्थान हासिल गर्नु नै हालसम्मको उत्कृष्ट प्रदर्शन हो । 

सर्विया
सर्विया १९३० र १९६२मा चौथो स्थान हासिल गरेको सर्वियाले १३ पटक विश्वकप खेलेको छ । 
 
स्विट्जल्याण्ड
१२ पटक विश्वकपमा स्थान बनाएको स्विट्जरल्याण्डले १९३०,१९३८ र १९५४ मा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । 

डेनमार्क
६ पटक विश्वकप खेलेको डेनमार्कका लागि १९९८ मा क्वार्टरफाइनल पुग्नु उत्कृष्ट प्रदर्शन हो । 

पोल्याण्ड
१९७४र १९८२ मा तेस्रो स्थान हासिल गरेको पोल्याण्डले ९पटक विश्वकप खेल्ने अवसर पाएको छ । 

वेल्स 
१९९८पछि पहिलोपटक विश्वकपमा स्थान बनाएको वेल्सले त्यती बेला क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । 

अफ्रिका
सेनेगल, घाना, क्यामरुन, ट्युनिसिया र मोरक्कोले अफ्रिकी क्षेत्रबाट यसपटकको विश्वकप खेल्नेछन् ।

सेनेगल 
तेस्रो पटक विश्वकपमा सहभागी सेनेगल २००२ मा क्वार्टरफाइनलसम्म पुगेको थियो । 

घाना 
४ पटक विश्वकपमा सहभागी घानाका लागि सन् २०१० मा क्वार्टरफाइनल पुग्नु नै उत्कृष्ट प्रदर्शन हो । 
 
ट्युनिसिया
६ पटक विश्वकपमा सहभागी ट्युनिसियाले हालसम्म समूह चरण पार गर्न सकेको छैन । 

क्यामरुन
८ पटक विश्वकपमा सहभागिता जनाउने अवसर प्राप्त गरेको क्यारुनले १९९० मा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो ।

मोरक्को
६ पटक विश्वकपमा स्थान बनाएको मोरक्कोका लागि १९८६ मा अन्तिम १६ मा पुग्नु नै उत्कृष्ट प्रदर्शन हो । 

एसिया
यसपटकको विश्वकपमा एसियाबाट आयोजक कतारसहित जापान, दक्षिण कोरिया, साउदी अरेबिया, इरान र अस्ट्रोलियाले सहभागिता जनाउँदैछन् ।

कतार
आयोजक कतारले पहिलोटक विश्वकप खेल्दैछ । 

जापान 
७ पटक विश्वकपमा सहभागित जनाएको जापानले २००२, २०१० र २०१६ मा अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो । 

दक्षिण कोरिया
११ पटक विश्वकपमा सहभागी हुने अवसर पाएको दक्षिण कोरियाले २००२ मा चौथो स्थान हासिल गरेको थियो । 

अस्ट्रेलिया
६ पटक विश्वकपमा स्थान बनाएको अस्ट्रेलियाका लागि २००६ मा अन्तिम १६ मा पुग्नु नै उत्कृष्ट प्रदर्शन हो । 
 
इरान
६पटक विश्वकपमा स्थान बनाएको इरानले हालसम्म समूह चरण पार गर्न सकेको छैन ।

उत्तर अमेरिकी तथा क्यारेवियन क्षेत्र
अमेरिका,मेक्सिको,क्यानडा र कोस्टारिकाले उत्तर अमेरिकी तथा क्यारेवियन क्षेत्रबाट यसपटको विश्वकपका स्थान सुरक्षित गरे ।

अमेरिका
११पटक विश्वकपमा सहभागी अमेरिकाले १९३०मा तेस्रो स्थान हासिल गरेको थियो ।

मेक्सिको
१७ पटक विश्वकपमा सहभागिता जनाउने अवसर पाएको मेक्सिकोका लागि १९७० र १९८६ मा क्वार्टरफाइनल पुग्नु उत्कृष्ट प्रदर्शन हो ।
 
कोस्टारिका
२०१४ मा क्वाटरफाइनलसम्मको यात्रा तय गरेको कोस्टारिकाले ६ पटक विश्वकपमा स्थान बनाएको छ ।

क्यानडा
१९८६ पछि पहिलो पटक विश्वकपमा स्थान सुरक्षित गरेको क्यानडा त्यति बेला समूह चरणबाटै बाहिरिएको थियो । 

  • प्रकाशित मिति : कात्तिक २१, २०७९ साेमबार १४:३८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया