सरकारी संरचनामा धनगढीमा उपमहानगरको डोजर

कैलालीको धनगढी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार भित्रका सरकारी कार्यालयका संरचना भत्काइरहेको छ । पहिलो चरणमा धनगढीको मुख्य सडकमा पर्ने सरकारी कार्यालयहरूमा धमाधम डोजर लगाइरहेको हो । मुख्य सडक साँघुरो भएपछि उपमहानगरले सडकको चौडाइ ३० मिटर कायम गर्दै व्यक्तिगत तथा सरकारी संरचनामा निसान यस अघि नै लगाई सकेको छ । 

धनगढी म्यान रोडमा रहेको लक्ष्मीनारायण मन्दिरका संरचना हटाइसकेको छ । उपमहानगरले आज सोमबार बिहानैदेखि वडा नम्बर १ स्थित भेटेरिनरी अस्पतालका संरचना र सेती प्रादेशिक अस्पताल अगाडी रहेका सटर तथा भवनहरूलाई हटाउन सँगै पाँच डोजर चलाएको छ ।  

धनगढीको कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोकसम्मको सडक छेउका संरचना हटाउन उपमहानगरको योजना रहेको छ । यसअघि भदौ १३ मा उपमहानगरपालिकाले सडक छेउका संरचना हटाउन पत्राचार गरेको थियो । सडकको विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार भइरहेको र सडकको दायाँ–बायाँ १५/१५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने भवन हटाउन घर धनीलाई पत्राचार गरेको थियो ।

उपमहानगरले तोकेको समयमा सडक क्षेत्र खालि नभएपछि डोजर चलाएर संरचना हटाउन थालिएको हो । उपमहानगरले सडकका संरचना हटाउनका लागि डोजर समेत भाडामा लिएको जनाएको छ । उपमहानगरपालिकासँग भएको २ वटा डोजरले मात्र महिनौँ लाग्ने हुँदा भाडामा लिएर भए पछि सकेसम्म सडकको क्षेत्राधिकार खाली गरिने मेयर गोपाल हमालले बताएका छन् । 

‘सुरुमा सरकारी संरचना हटाउने कार्य तीव्र गतिले भइरहेको छ,’ मेयर हमालले भने, ‘निजीलाई समेत सकेसम्म आफै हटाउन आग्रह गरेका छौँ । कतिले सुरु समेत गरी सक्नु भएको छ ।’ उनले सडकको डिपिआर निर्माण भइसकेको हुँदा सडक क्षेत्राधिकार खाली हुने बित्तिकै ठेक्का हुने बताए । 





  • प्रकाशित मिति : कात्तिक २१, २०७९ साेमबार १५:३०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया