नेप्से परिसूचक ६.४३ अंकले गिरावट

साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । सोमबार नेप्से परिसूचक ६.४३ अंक घटेर १९५८.९४ बिन्दुमा झरेको हो । 

त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८९ अंक घटेको छ ।

सोमबार कारोबारमा आएका २२४ कम्पनीको ४९ लाख ४४ हजार कित्ता सेयर २ अर्ब १० करोड ९१ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचकमा गिरावट आए पनि २ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ ।

नेप्सेका १३ उपसमूहमध्ये  ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ । जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा बढी १.०६ प्रतिशत बढेको छ भने जीवन बिमा, लगानी, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ । 

विकास बैंक, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।

सोमबार धौलागिरी लघुवित्तको सेयरमूल्य ८.१३ प्रतिशत बढेको छ भने जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य करिब ७ प्रतिशत बढेको छ । तर, यता, ग्लोबल आइएमई लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी घटेको छ । 



सोमबारको कारोबारमा सेयर मूल्य बढ्ने र घट्ने सबै  लद्युवित्तहरु रहेका छन् । आज कारोबार रकमका आधारमा जाल्पा लघुवित्तको १५ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको ११ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।



  • प्रकाशित मिति : कात्तिक २१, २०७९ साेमबार १५:५३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया