सोमबार १८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी

नेपाल राष्ट्र बैंकले सोमबार १८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको छ । बैंकले आज अपराह्न २ बजे उक्त ट्रेजरी बिल बिक्री जारी गरेको हो ।

राष्ट्र बैंकले यसअघि यही कात्तिक १४ गते पनि १६ अर्ब ६६ कराेड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

कात्तिक २२ गते जारी मिति तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिएका थिए । कुल ट्रेजरीमध्ये २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको सात अर्ब १० करोड र एक सय ८२ दिने अवधिको ६ अर्ब रुपैयाँबराबरको रहेको छ ।

यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ मंसिर २० गते, २०७९ माघ २४ गते र २०८० वैशाख २६ गते तोकिएका छन् । ट्रेजरी हरु पुरानो नविकरण अन्तर्गतका रहेका छन् ।





  • प्रकाशित मिति : कात्तिक २१, २०७९ साेमबार १६:३७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया