अफगानिस्तानका पूर्वराष्ट्रपति कारजाईका भाइ महमुद तालिबानकाे नियन्त्रणमा

अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईका भाइ महमुद कारजाई तालिबानकाे नियन्त्रणमा परेका छन् । एक प्रमुख अफगान व्यापारी कारजाईलाई तालिबानले आइतबार काबुल एयरपोर्टबाट हिरासतमा लिएको हाे । 

महमुद पूर्वसहरी विकास र भूमिमन्त्री हुन् । उनलाई कानुनी समस्याका कारण विदेश यात्रा गर्न प्रतिबन्ध लगाइएको तालिबानका प्रवक्ताले बताएका छन् । 

दुबईको एरियाना एयरलाइन्सको उडानमा सवार रहेका बेला उनलाई तालिबान सरकारले नियन्त्रणमा लिएकाे बताइएकाे छ । महमुद कारजाईलाई हिरासतमा राख्नुको कारण उनका दाइ हमिद कारजाईको राजनीतिक टिप्पणी हुनसक्ने आशंका गरिएकाे छ । 

हमिद कारजाईले तालिबान सरकारले महिला अधिकारलाई कुण्ठित गरेको भन्दै आलोचना गर्दै आएका छन् । उनले तालिबानसँग समावेशी सरकार गठन गर्न माग गरिरहेका छन् ।





  • प्रकाशित मिति : कात्तिक २१, २०७९ साेमबार १७:३४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया