डडेल्धुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उमेदवारी दिएका सागर ढकालले आफूलाई चुनाव प्रचारमा रोक लगाइएको बताएका छन् ।
सोमबार साँझ सामाजिक सञ्जालमा लेख्दै उनले आफूलाई माइकिङमा समेत रोक लगाइएको गुनासो गरेका छन् । प्रधानमन्त्री देउवाले कानुनको उल्लंघन गर्दा प्रशासन मौन बसेको, तर आफूले माइकिङ गर्दा रोक लगाइएको उनकाे आराेप छ ।
उनले लेखेका छन्, 'मलाई जोगाइदिनुस्, जनता गुहार्नुबाहेक केही बाँकी रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ । कुरा गर्नु/नगर्नु बेकार छ । मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ ।'
उनले थप लेखेका छन्, 'शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आँखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पाङ जस्तो गरी माइकिङ गर्न पनि दिएको छैन । मलाई रोकेको छ ।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।