काठमाडौं ५ का एमाले नेता श्रेष्ठ कांग्रेसमा प्रवेश, प्रदीप पौडेललाई राहत

काठमाडौं क्षेत्र नं ५ मा पर्ने बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३ का एमाले नेता प्रकाश श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । श्रेष्ठलाई सो क्षेत्रका कांग्रेस उम्मेदवार प्रदीप पौडेलले पार्टी प्रवेश गराएका हुन् । 

कांग्रेस प्रवेश गरेका श्रेष्ठले पौडेल जस्तो युवा नेता काठमाडौं–५ ले पाएकाले उनलाई जिताउनकै लागि एमाले परित्याग गरेको प्रतिक्रिया दिए । श्रेष्ठ बुढानिकण्ठ–३ मा राम्रो जनाधार भएको नेताका रुपमा चिनिन्छन् । 

घरदैलो अभियानमा रहेका युवानेता पौडेललाई पार्टीभित्र र अन्य पार्टीका कार्यकर्ताको समेत समर्थन जुट्न थालेको छ । आज उनले बुढानिलकण्ठ–३ का मतदाताका घरघरमा पुगेर भेटघाट गरेका थिए । 

पछिल्लो समय पौडेलले जनताका गुनासो, समस्या सुन्दै र आफ्ना प्रतिबद्धता व्यक्त गर्दै मतदातालाई आफूतर्फ आकर्षित गरिरहेका छन् । उनका प्रतिवद्धता र विकासका एजेण्डाले मतदाता पनि प्रभावित भइरहेका छन् । 

साथै, घरदैलोका क्रममा भेट नभएका र परिवारका सबै सदस्यलाई भेट्न नपाएको भन्दै आइतबार पौडेलले हटलाइन नम्बरसमेत सार्वजनिक गरेका थिए । ९८८०२९८८०२ प्रदीपले सार्वजनिक गरेको हटलाइन नम्बर हो । 

सो नम्बरमा सम्पर्क गरी काठमाडौं ५ का मतदाताले आफ्ना समस्या, गुनासो र सुझाव रेकर्ड गराउन प्रदीपको आग्रह छ । उक्त हटलाइन नम्बरमा सम्पर्क गरी मतदाताले पौडेलसहित काठमाडौं ५ का प्रदेशतर्फका उम्मेदवारलाई समेत सुझाव सल्लाह र समस्या व्यक्त गर्न सकिन्छ । 



काठमाडौं ५ को प्रदेश सभा ‘क’ तर्फ कांग्रेसका भैरव सापकोटा र प्रदेश ‘ख’ मा श्यामबहादुर खड्का चुनावी प्रतिस्पर्धामा छन् ।



  • प्रकाशित मिति : कात्तिक २१, २०७९ साेमबार १८:३७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया