राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको ६ दिने औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले राष्ट्रपतिको कार्यभार उपराष्ट्रपति नन्दबहादुर पुनलाई तोकेकी छन् ।
पछि नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम राष्ट्रपतिको कार्यभार उपराष्ट्रपति पुनलाई तोकेकी हुन् ।
महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपिएल)’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी आइसल्याण्ड गएकी हुन् ।
राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपतिको भ्रमण दलमा उनकी छोरी उषाकिरण भण्डारी, मन्त्रालयका सचिव भरतराज पौड्याललगायत छन् ।
भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी कात्तिक २६ गते स्वदेश फर्कने कार्यक्रम छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।