एमालले जनताको शिर झुकाउने गरी काम गर्ने छैन : ईश्वर पोखरेल

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेका कुनै पनि उम्मेदवार तथा कार्यकर्ताले जनताको शिर झुकाउने गरी कुनै पनि काम नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा उम्मेदवार रहेका उनले सोमबार वडा नम्बर ४ का मतदातासँग मत माग्ने क्रममा एमालेका उम्मेदवार तथा कार्यकर्ताले काम गर्दा आजसम्म शिर झुकाउने गरी काम नगरेको बताए । साथै, उनले आगामी दिनमा पनि त्यस्तो काम नगर्नेमा ढुक्क हुन मतदातासमक्ष आग्रह गरे ।

‘सबैलाई थाहा भएकै कुरा हो, देशको रक्षा गर्ने र नेपाली जनताको भरोसाको पार्टी भएकाले हो, आफ्नो मतदातालाई न्याय हुने गरी काम गर्छु,’ पोखरेलले भने । 

उनले आफूले निर्वाचनमा विजयी भएर युवाको विशेष कार्यक्रम ल्याएर अगाडि बढाउने र मतदाताका सुझावलाई आफूले शिरोपर गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

पोखरेलले चुनावका बेला अनेक पात्रले सिर्जना गर्ने ‘फण्डा’बाट प्रभावित नहुन मतदातालाई आग्रह गर्दै आफूलाई लागेको कुरा आफूलाई प्रष्ट बताउनसमेत आग्रह गरे ।  





  • प्रकाशित मिति : कात्तिक २२, २०७९ मंगलबार ६:४९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया