पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक उडानको तयारी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक उडान हुने भएको छ । १४ मंसिरमा यान्त्रिक उडान गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । 

उक्त यान्त्रिक उडानका लागि २५ नोभेम्बरमा एरो थाईको प्राविधिक टोलीसहितको जहाज नेपाल आउने तयारी भएको क्यानका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार उक्त जहाजले यान्त्रिक उडानमार्फत विमानस्थलमा कम्युनिकेशन, नेभिगेसन र सर्भिलेन्समा जडित उपकरणले काम गरे/नगरेका विषयमा जाँच गर्नेछ । एरो थाईको जहाजले एक साता पोखरा विमानस्थलमा यान्त्रिक उडान गर्ने प्राधिकरणका छ । 

उक्त कम्पनीको जहाजले देशका अन्य विमानस्थलमा पनि यान्त्रिक उडान गर्नेछ । सोही कम्पनीले गत वर्ष ६ फागुनमा मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान गरेको थियो । एरो थाईको प्राविधिकसहितको विशेष जहाजले १० दिनसम्म परीक्षण उडान गरेको थियो ।

चराविज्ञले छोटो अनुसन्धान गरी चराचुरुङ्गी अनुकूल उडान हुने गरी सुरुआतमा रातिको समयमा उडान गर्ने गरी विमानस्थल सञ्चालन गर्ने प्राधिकरणको योजना बनाएको छ ।  





  • प्रकाशित मिति : कात्तिक २२, २०७९ मंगलबार ७:२१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया