कतारमा आयोजना हुने फिफा विश्वकप लागि ब्राजिलियन टाेलीकाे घोषणा भएको छ । प्रशिक्षक टिटेले सोमबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेका हुन् ।
विश्वकपका लागि टिटेले ३ गाेलरक्षक, ८ डिफेन्डर, ६ मिडफिल्डर र ९ फरवार्डलाई टाेलीमा राखेका छन् । ब्राजिलले घोषणा गरेको टिममा अनुभवी डिफेन्डर ड्यनी अल्भेस, फरवार्डद्वय गाब्रियल जिसस र गाब्रियल मार्टिनेली अटाउँदा रोबर्टो फिर्मिनाे भने छैनन् ।
२० नोभेम्बबाट सुरु हुने विश्वकपमा ब्राजिलले २५ नोभेम्बरमा सर्बियासँग पहिलाे खेल खेल्नेछ ।
विश्वकपका लागि ब्राजिलको टोली :
गोलरक्षक : एलिसन बेकर (लिभरपुल), एडरसन मोराएस (म्यानचेस्टर सिटी) र वेभर्टन (फ्लामेंगो) ।
डिफेन्डर : ड्यानी अल्भेस (पुमास), थियागो सिल्भा (चेल्सी),मार्किन्हाेस (पिएसजी), ड्यानीलो (युभेन्टस), एलेक्स सान्ड्रो (युभेन्टस), इडर मिलिटाओ (रियल मड्रिड), एलेक्स टेलेस (सेभिया) र ब्रेमर (युभेन्टस) ।
मिडफिल्डर : क्यासेमिरो (म्यान्चेस्टर युनाइटेड), फाबिन्हो (लिभरपुल), लुकास पाक्वेटा (वेस्ट ह्याम), फ्रेड (म्यान्चेस्टर युनाइटेड), ब्रुनो गुइमरेस (न्युकासल युनाइटेड) र एभर्टन रिबेरो (फ्लामेंगो) ।
फरवार्ड : नेयमार (पिएसजी), रिचार्लीसन (टोटेनहम हट्सपर), भिनिसियस जुनियर (रियल मड्रिड), एन्टोनि सान्तोस (म्यानचेस्टर युनाइटेड), राफिन्हा (बार्सिलोना), रोड्रिगो (रियल मड्रिड), पेड्रो (फ्लामेंगो), गाब्रियल जिसस र गाब्रियल मार्टिनेली (दुवै आर्सनल) ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।