ला लिगामा रियल मड्रिडको पहिलो हार

स्पेनिस ला लिगाअन्तर्गत गएरातिको खेलमा रियल मड्रिड पराजित भएको छ । उसले घरेलु टोली रायो भ्यालेकानोसँग ३–२ को हार बेहोरेको हो ।

रियललाई पहिलो हार चखाउनका लागि घरेलु टोलीका सान्टी कमेसना, अल्भारो गार्सिया र ओस्कार ट्रेजोले गोल गरे । रियलका लुका मोड्रिच र इडर मिलिटाओले गोल फर्काए ।

स्टेडियो डि भ्यालेकसमा खेलको पाँचौं मिनेटमै कमेसनाको गोलमार्फत घरेलु टोलीले अग्रता लिएको थियो । ३७ औं मिनेटमा मोड्रिचले पेनाल्टीमार्फत गोल गर्दै रियललाई १–१ को बराबरीमा ल्याए ।

४१ औं मिनेटमा मिलिटाओले गोल गरेपछि पाहुना टोली २–१ ले अघि बढ्यो । ४४ औं मिनेटमा गार्सियाले भ्यालेकानोलाई २–२ को बराबरीमा ल्याए । 

६७ औं मिनेटमा ट्रेजोले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई ३–२ को रोमाञ्चक जित दिलाए । यो जितसँगै भ्यालेकानो १३ खेलमा २१ अंक जोडेर आठौं स्थानमा रहेको छ । पहिलो पराजय बेहोरेको रियल समान खेलबाट ३२ अंकका साथ दोस्रो स्थानमा छ । 





  • प्रकाशित मिति : कात्तिक २२, २०७९ मंगलबार ७:५३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया