प्रचण्ड सवार हेलिकोप्टर सल्यानमा आकस्मिक अवतरण
फाइल तस्वीर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सवार हेलिकोप्टर सल्यानमा आकस्मिक अवतरण भएको छ । 

चुनावी कार्यक्रममा सहभागी हुन सुर्खेत जाने क्रममा मौसम खराब भएपछि उनी सवार हेलिकोप्टर सल्यानको खलंगामा अवतरण गरिएको हो ।

प्रचण्ड सचिवालयका अनुसार हेलिकोप्टर केही समय खलंगामा अवतरण भएर पुनः सुर्खेतका लागि प्रस्थान भएको छ । 

गोरखाको चुनावी कार्यक्रम सकेर उनी आज कर्णाली र सुदूरपश्चिमका चुनावी सभामा सहभागी हुन लागेका हुन् । 





  • प्रकाशित मिति : कात्तिक २२, २०७९ मंगलबार १०:२६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया