मेरो नाम लिएर भोट नमाग्नु होला : हर्क साम्पाङ

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो नाम लिएर मत नमाग्न आसन्न आम निर्वाचनका उम्मेदवारलाई आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत उम्मेदवारसमक्ष यस्तो आग्रह गरेका हुन् ।

मेयर साम्पाङले आफूले कसैलाई पनि आफ्नो उम्मेदवार भनेर अघि नसारेको पनि प्रष्ट पारेका छन् । 

‘मैले कोही कसैलाई मेरो उम्मेदवार बनाएर अघि सारेको छैन । कसैले मेरो नाम लिएर भोट नमाग्नु होला । यसमा मेरो कुनै संलग्नता नरहेको सबैलाई जानकारी गराउँदछु,’ उनले फेसबुकमा लेखेका छन् । 





  • प्रकाशित मिति : कात्तिक २२, २०७९ मंगलबार ११:१३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया