अख्तियार दुरुपयोगद्वारा १२२ वटा मुद्दामा पुनरावेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालू आर्थिक वर्षमा विशेष अदालतबाट फैसला भएका १२२ वटा मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगले मंगलबार पत्रकार–प्रवक्ता भेटघाट कार्यक्रम गर्दै चालू आर्थिक वर्ष २०७९/०८० मा विशेष अदालतले फैसला गरेका १२२ वटा मुद्दाहरुमा चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदनका लागि दर्ता भएको जानकारी दिएको हो । 

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले चालू आर्थिक वर्षमा विशेष अदालतबाट १६३ वटा मुद्दाको फैसला प्राप्त गरेकामा २० वटा मुद्दामा मात्रै सफलता प्राप्त भएको बताए । 

त्यसमध्ये १२२ वटा मुद्दामा मुद्दामा आयोगको चित्त नबुझेका कारण पुनरावेदनमा गएको स्पष्ट पार्दै उनले १८ वटा मुद्दामा भने आयोगसँग पर्याप्त प्रमाण नपुग्ने भएकाले पुनरावेदन नगर्ने निर्णय भएको बताए । 
प्रवक्ता भण्डारीले आयोगले २४ वटा मुद्दामा पुनरावेदन जानेगरी काम गरिरहेको र ती मुद्दाहरुको फैसला प्राप्तिका लागि कुरेको बताए ।

अघिल्लो आर्थिक वर्षको दुईवटा मुद्दा पनि पुनरावेदन गरेको जानकारी दिँदै उनलेसो मुद्दाहरु सामाजिक सुरक्षाभत्ता हिनामिना र गैरकानुनी सम्पत्ति आर्जनको रहेको उल्लेख गरे । 

पुनरावेदनमा गएका १२२ वटा मुद्दामध्ये गलत प्रतिवेदनका २ वटा, झुटा बिल भरपाईका २ वटा, घुस÷रिसबतका ११२ वटा, नक्कली बैंक ग्यारेन्टीको १ वटा, जग्गाधनी स्रेस्ता सच्याएको १ वटा र राजस्व चुहावटको १ वटा रहेको उनले जानकारी दिए । त्यसैगरी सार्वजनिक पुल निर्माणको १ वटा र गुणस्तरहीन सामान खरिदको १ वटा रहेको उनको भनाइ छ ।



प्रवक्ता भण्डारीले गत आर्थिक वर्षमा विशेष अदालतबाट १४८ वटा मुद्दाको फैसला प्राप्त गरेकोमा ५७ वटामा मात्र सफलता प्राप्त गरेको पनि जानकारी दिए । 
 



  • प्रकाशित मिति : कात्तिक २२, २०७९ मंगलबार १५:५७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया