विष्णु पौडेलले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट अन्यत्रै सारे : थापा

सत्तारुढ गठबन्धनको साथ आएका राष्ट्रिय जनमुक्ति पार्टीका रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार केशवबहादुर थापाले एमाले उपाध्यक्ष विष्णु पौडेलले लुम्बिनी प्रदेशको राजधानी  बुटवलबाट अन्यत्रै सार्न भूमिका खेलेको आरोप लगाएका छन् । पौडेल सोही क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवार छन् ।

चुनावी प्रचार अभियानलाई तीव्रता दिएका थापाले मंगलबार आयोजित घरदैलो कार्यक्रममा बोल्दै पौडेलकै अगुवाइमा लुम्बिनी प्रदेशको राजधानी दाङको अन्कन्टार ठाउँमा लैजाने लैजान काम भएको बताए । उनले मुलुकलाई राष्ट्रिय सहमतिका साथ अघि बढाउन पनि सत्तारुढ दलहरुले मिलेर चुनावमा लड्नु परेको दावी गरे । 

संविधानको रक्षा गर्न, संघीयता, गणतन्त्र र समावेशीताको रक्षा गर्न आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धनले जित्नुपर्ने उनको भनाइ थियो । 

थापाले आफूहरुले चुनाव जितेमा रोजगारीको अवसर सृजना गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रलाई सुलभ बनाउने, औद्योगिकीकरण, वन र वातावरणको संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउने आश्वासन समेत दिए ।  त्यस क्षेत्रमा रहेका सुकुम्बासी समस्या समाधान गर्ने उनले प्रतिबद्धता पनि व्यक्त गरे । 


 





  • प्रकाशित मिति : कात्तिक २२, २०७९ मंगलबार १७:२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया