logo-img

नेप्से परिसूचक २.५७ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक २.५७ अंक घटेर १९५६.३६ बिन्दुमा झरेको हो । 

त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.१२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३० अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५३ अंकले घटेको छ ।

मंगलबार कारोबारमा आएका २२६ कम्पनीको २७ लाख ७३ हजार कित्ता सेयर १ अर्ब ५ करोड ३१ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमबारको तुलनामा मंगलबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो ।

१३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ । जसमा जीवन बिमा उपसमूहको परिसूचक सबैभन्दा बढी १.०३ प्रतिशत बढेको छ । त्यस्तै, अन्य उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ भने निर्जीवन बिमा र बित्त उपसमूहको परिसूचक सामान्य बढेको छ । तर, व्यापार उपसमूहको परिसूचक भने १.५६ प्रतिशत घटेको छ ।



मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटे पनि लाइफ इन्स्योरेन्स कर्पोरेसनको सेयरमूल्य ४.२२ प्रतिशत बढेको छ । त्यस्तै, गुराँस लघुवित्तको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ भने नेपाल पुनर्बिमा कम्पनीको सेयरमूल्य साढे ३ प्रतिशतभन्दा बढी बढेको छ । 

तर, यता कालिका लघुवित्तको सेयरमूल्य ५.७७ प्रतिशत घटेको छ भने मन्दाकिनी हाइड्रोपावर ४ प्रतिशतभन्दा बढी घटेको छ । आज शिवम् सिमेन्ट्सको ८ करोड ५७ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ ।



  • प्रकाशित मिति : कात्तिक २२, २०७९ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया