विश्वकप फुटबलको लाइभ प्रसारणबापत अतिरिक्त शुल्क नउठाउन सर्वोच्चकाे आदेश

सर्वोच्च अदालतले विश्वकप फुटबलको लाइभ प्रसारण गरेबापत ग्राहकबाट अतिरिक्त शुल्क नउठाउन अल्पकालीन आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले यस्ताे आदेश दिएको हो । 

अधिवक्ता किशोर पौडेलले यसबारे कात्तिक २० गते रिट निवेदन दायर गरेका थिए । अदालतले अन्तरिम आदेश जारी गर्ने विषयमा छलफलका लागि दुवै पक्ष डाक्दै यस्तो आदेश दिएको हो । 

अब अन्तरिम आदेशका लागि कात्तिक २७ गते दुवै पक्षसहितको छलफल हुनेछ । रिटमा राष्ट्रिय प्रसारण नियमावलीमा सरकारले बाहेक रकम तोक्न नपाउने व्यवस्थालाई आधार बनाइएको छ ।

विश्वकप फुटबल आगामी मंसिर ४ देखि सुरु हुँदै छ । अर्को आदेश नभएसम्मका लागि विश्वकप लाइभ प्रसारणका नाममा ग्राहकबाट अतिरिक्त शुल्क उठाउन पाइने छैन ।





  • प्रकाशित मिति : कात्तिक २२, २०७९ मंगलबार १७:५१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया