भ्यालेन्टाइन विक
रोज डेः जानौँ फरक रंगका गुलाबको फरक महत्व

काठमाडौं– फेब्रुअरी ७ देखि १४ सम्म चल्ने भ्यालेन्टाइन विक अर्थात् प्रणय दिवस सप्ताह बिहीबारदेखि सुरु भएको छ । ‘भ्यालेन्टाइन विक’को पहिलो दिन अर्थात् ‘रोज डे’ प्रेममा विश्वास गर्नेहरूका लागि विषेश दिन हो । गुलाब आफैँमा प्रेमको प्रतीक भएकाले ‘भ्यालेन्टाइन विक’को सुरु रोज डेबाट हुने गरेको मान्यता छ । 

यस दिनलाई प्रेमी–प्रेमिका एक–अर्कामा गुलाब साटासाट गरेर मनाउने गर्छन् । प्रेम सम्बन्धमा रहेका र सम्बन्ध सुरु गर्न चाहानेले आफूले माया गर्ने मान्छेलाई गुलाबको फूल दिएर यस दिन आफ्नो भावना, माया, सद्भाव व्यक्त गर्ने गर्छन् । 

प्रेम गर्नेहरूले रोज डेलाई ठूलो महत्व दिने गरेका छन् । गुलाब आफैँमा सुन्दर फूल भएको हुनाले पनि यो फूलको महत्व अरूभन्दा पनि विशेष छ । यसका साथै गुलाबले दिने सन्देश पनि धेरै महत्वपूर्ण र प्रिय छ । गुलाब आफू काँडैकाँडाको बीचमा फुलेर पनि उसले अरूलाई सुगन्ध र सौन्दर्य बाँड्छ । गुलाब देख्नेबित्तिकै मान्छेको अनुहारमा छुटै किसिमको भाव र उत्साह उत्पन्न हुन्छ । 

यसबाहेक कसैलाई गुलाब दिनुको पछाडि महत्वपूर्ण सांकेतिक अर्थ पनि छ । कसैलाई गुलाब दिएर आफ्नो भावना अभिव्यक्त गर्नु भनेको काँडैकाँडाको बीचमा अनेकौँ चुनौतीलाई जितेर फुल्ने गुलाबले जसरी नै तिम्रो जीवनमा आउने समस्यासँग लडेर तिमीलाई सधैँ साथ दिन सक्ने चुनौती पनि लिन तयार छु भन्नु हो ।  

प्राचीन समयमा भिक्टोरियनले आफ्नो मनका भावना व्यक्त गर्न गुलाबको प्रयोग गर्थे । त्यही प्रचलनको निरन्तरता अहिले पनि विद्यमान छ । 

गुलाबका धेरै प्रजाति हुन्छन्, जसमा रातो रंगको गुलाब प्रेम प्रस्ताव राख्नमा सबैभन्दा धेरै प्रयोग हुन्छ । तर, कतिपयलाई आफ्नो प्रेमी वा प्रेमिकालाई कुन रंगको गुलाब दिने भन्ने कुरामा द्विविधा हुन सक्छ । कुन रंगको गुलाबले के महत्व राख्छ भन्ने कुराको जानकारी लिऔँ । 



रेड रोजः यो रंगको गुलाब कसैप्रति माया र आकर्षणको भावना व्यक्त गर्न प्रयोग गरिन्छ । जस्तो कि कसैलाई ‘आई लभ यू’ भन्नुपर्दा अर्थात् मायाको प्रस्ताव राख्दा रातो गुलाब दिएर प्रस्ताव गरिन्छ । 

पिंक रोजः पिंक रंगको गुलाब आफूप्रति कसैले गरेको समर्पण र कसैप्रति कृतज्ञता दर्शाउन दिइन्छ । यो रंगको गुलाब खुसी व्यक्त गर्न पनि दिइन्छ । 



यल्लो रोजः यल्लो अर्थात् पहेँलो रंगको गुलाब मित्रताको प्रतीक हो । यसको प्रयोग साथी बन्नका लागि र मित्रता कायम राख्नका लागि गरिन्छ । 

ह्वाइट रोजः ह्वाइट अर्थात् सेतो रंगको गुलाब शान्ति र एकताको प्रतीक मानिन्छ । पश्चिमाहरूले यो रंगको गुलाब धेरैजसो विवाहित जोडीलाई दिन प्रयोग गर्छन् । 

  • प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार १४:२७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया