बाँकेलाई सीधा सिहंदरबारसँग जोडेको छु : मन्त्री अथक

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेलाई सीधा सिंहदरबारसँग जोडेको बताएका छन् । मंगलबार राप्तीसोनारी गाउँपालिका ६ स्थित चुनावीसभालाई सम्बोधन गर्दै उनले बाँके जिल्लालाई सीधा सिहंदरबारसँग जोडेको दाबी गरेका हुन् । 

‘मलाई पहिलोपटक चुनाव जिताएर यहाँहरुले मन्त्री बन्ने अवसर जुटाइदिनुभएको छु,’ मन्त्री अथकले भने, ‘मैले क्षेत्रको प्रतिनिधित्व गर्दै बाँकेलाई सिंहदरबारसम्म जोड्न सफल भएको छु ।’

आफ्नो ५ वर्षे कार्यकालमा पटक–पटक संसदमा बाँकेका समस्या उठाएको स्मरण गर्दै उनले बाँके क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका मन्त्री अथकले भने, ‘बाँकेको पहुँच सीधै सिंहदरबारसम्म स्थापित भइसकेको छ । यहाँको विकासका निम्ति म सधैँ प्रतिबद्ध छु, फेरि पनि निर्वाचित गराएर उक्त जिम्मेवारी दिनुहुनेछ भन्ने आशा लिएको छु ।’

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य पदकी उम्मेदवार कृष्णा केसी नमुनाले राप्तीपारिको विकास र परिवर्तनका लागि आफूले विभिन्न पहलकदमी चालेको बताउँदै राप्तीसोनारी र नरैनापुरको समग्र विकास र परिवर्तनका लागि आफू कटिबद्ध भएर लागेको बताइन् ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा समानुपातिक उम्मेदवार संगीता थारुले वाम–लोकतान्त्रिक गठनबन्धनका उम्मेदवारलाई विजयी गराएमा मधेसी मुस्लिम दलित र महिलाका अधिकार सुरक्षित हुने बताइन् ।





  • प्रकाशित मिति : कात्तिक २२, २०७९ मंगलबार २२:२२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया