डोटी केन्द्रविन्दु भएर गएको भूकम्पमा परी ६ जनाको मृत्यु

डोटीमा भूकम्पले घर भत्काउँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । मंगलबार राति २ बजेर १२ मिनेट जाँदा गएको भूकम्पका कारण त्यहाँ यो मानवीय क्षतिसँगै अन्य क्षति पनि भएको छ । 

डोटीको पूर्वचौकी गाउँपालिका वडा नम्बर ३ को गैरा गाउँमा कम्तिमा ८ घर पूर्णरुपमा भत्किएका छन् । ती घर भत्किँदा मृत्यु हुनेको संख्या ६ पुगेको हो ।

डोटीको खप्तड राष्टिय निकुन्ज केन्द्रबिन्दू बनाएर मंगलबार राति ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका ३ का अधिकांश घर चर्किएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । 

प्रहरीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा ४० वर्षका प्रेम बोहोरा, ४० वर्षकी भगवती बोहोरा, १३ वर्षकी सीता बोहोरा, ८ वर्षका हर्क बोहोरा, १४ वर्षकी धन्सरी बोहोरा, १४ वर्षको कितुलछी बोहोरा रहेका छन् ।

त्यहाँ अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ । अन्य दुई जना बेपत्ता भएको पनि प्रहरीले जनाएको छ । 



मध्यराति भूकम्पको धक्का महसुस गरेपछि बाहिर निस्किएका स्थानीयले खुला आकाशमा रात बिताएका छन् ।



  • प्रकाशित मिति : कात्तिक २३, २०७९ बुधबार ६:४९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया