निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारलाई निर्वाधरूपमा प्रचारप्रसार गर्न निर्देशन दिएको छ ।
डडेल्धुरासहित केही जिल्लामा उम्मेदवारले निर्वाधरूपले प्रचारप्रसार गर्न नपाएको गुनासो गरेपछि आयोगले यस्तो निर्देशन दिएको हो । सोमबार डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले आफूलाई चुनाव प्रचारमा बाधा पुर्याइएको गुनासो गरेका थिए ।
आयोगले स्वतन्त्रतापूर्वक चुनाव प्रचार गर्न तथा चुनाव खटिएकालाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनावमा हुने उपयुक्त वातावरण तयार गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।