साफ यू-१५ च्याम्पियनसिप : लगातार तेस्रो जितकाे लक्ष्यमा नेपाल

बंगलादेशमा जारी चौथो संस्करणको महिला साफ यू–१५ च्याम्पियनसिपमा नेपालले आज भुटानको सामना गर्दैछ । खेल ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्ताफा कमल स्टेडियममा स्थानीय समयअनुसार दिउँसो साढे ४ बजे सुरु हुनेछ । 

नेपाल भुटानलाई हराउँदै लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । यसअघि नेपालले भुटानलाई ७–० र बंगलादेशलाई १–० ले पराजित गरेको थियो । 

भुटान पहिलो जितका साथ प्रतियोगिताको अन्त्य गर्ने सोचमा छ । प्रतियोगिताबाट बाहिरिसकेको उसले यसअघि नेपालसँग ७–० र घरेलु टोलीसँग ८–० तथा ९–० को फराकिलो हार बेहोर्‍यो ।

यस प्रतियोगिताअघि यी दुई टोलीले तीनपटक एकअर्काको समान गरेका थिए । जसमा भुटानले एक खेल जित्दा दुई खेल बराबरीमा सकिएको छ ।

२०१७ को पहिलो भेटमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए । २०१८ मा तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पेनाल्टी सुट आउटमा ४–३ ले पराजित भएको थियो ।

निर्धारित समय २–२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको हो। २०१९ को पछिल्लो भेटमा पनि यी दुईले १–१को बराबरी खेलेका थिए । 



यदि नेपालले आज जित वा बराबरीको नजिता निकाले प्रतियोगिताको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग बराबरी खेल पनि उपाधि हात पार्नेछ । तर, हारेको खण्डमा भने नेपाललाई बंगलादेशविरुद्ध जित निकाल्नैपर्ने दबाब हुनेछ ।



  • प्रकाशित मिति : कात्तिक २३, २०७९ बुधबार ७:४७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया