काठमाडौंमा हंगेरीका कलाकारले सांस्कृतिक प्रस्तुति दिएका छन् । मंगलबार नेपाल–हंगेरी चेम्बर्स अफ कमर्सले आयोजना गरेको ‘नेपाल–हंगेरी हिस्टोरिकल कल्चरल प्रोग्राम’ मा हंगेरीका पाँच जना कलाकारले स्थानीय लोकगीत तथा नृत्य प्रस्तुत गरेका छन् । हंगेरीको स्थानीय गीत–संगीतको प्रस्तुति बेजोड देखिएको थियो ।
हंगेरीको लोकसंस्कृति प्रदर्शनसँगै कार्यक्रममा नेपालको लोकसंस्कृति पनि प्रदर्शन गरिएको थियो । सन् २०१८ मा स्थापना भएको संस्थाले दुई देशबीचको बहुपक्षीय सम्बन्धलाई बिस्तार गर्न यो कार्यक्रमको आयोजना भएको वरिष्ठ कलाकार कृष्ण मल्लले बताए । उनले दुई देशबीचको संस्कृति आदान–प्रदान गरी सम्बन्धलाई सुमधुर बनाउन कार्यक्रमले सहयोग पुग्ने बताए ।
उनले संगीतको माध्यमबाट दुई देश बीचको सम्बन्ध झनै सुधार हुने र बढ्ने विश्वास व्यक्त गर्दै संगीतले सबै क्षेत्र र समुदायलाई एकसाथमा समेट्ने भएकोले संगीत कुनै भाषा र शब्दमा समेट्न जरुरी नरहेको बताए । उनले सांस्कृतिक कार्यक्रमहरूले नेपाल र हंगेरीबीचमा पनि एकअर्काका संस्कृतिहरुको साटासाट गर्ने अवसर मिल्ने बताए ।
‘नेपाल–हंगेरी हिस्टोरिकल कल्चरल प्रोग्राम’मा हंगेरीका पाँच जना कलाकारले स्थानीय लोकगीत तथा नृत्य प्रस्तुत गरेका थिए । कलाकारलाई नेपाल–हंगेरी चेम्बर्स अफ कमर्सको तर्फबाट सम्मान गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।