भिजन नभएका व्यक्तिलाई राजदूत बनाएको कांग्रेस सांसदको आरोप

काठमाडौं– संसद्को संसदीय सुनुवाइ विशेष समितिको बिहीबारको बैठकमा नेपाली कांग्रेसका सांसदहरूले भिजन नभएका व्यक्तिलाई सरकारले राजदूत बनाएको भन्दै सरकारको आलोचना गरेका छन् । बैठकमा बोल्दै कांग्रेस सचेतक पुष्पा भुसाल, राष्ट्रिय सभामा विपक्षी दलका नेता सुरेन्द्र पाण्डेलगायतले यसले सरकारको विदेश नीति कमजोर बनेको उनीले आरोप लगाए । 

सांसद पाण्डेले सरकारले समृद्धिको रटान नछाडेको, तर भिजन नभएकालाई राजदूत नियुक्त गर्ने गरेर विदेश नीति कमजोर बनाएको आरोप लगाए । समिति सदस्य भुसालले मुलुकको विदेश नीति कमजोर रहेको दाबी गर्दै मुलुकको समृद्धिका लागि आवश्यक योगदान दिन सक्ने क्षमता भएकाहरूलाई राजदूत बनाउन नसक्दा मुलुकको विदेश नीति प्रभावकारी ढंगले अघि बढाउन नसकिएको भन्दै सरकारको  ध्यानाकर्षण गराइन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने सरकारको विदेश नीति सुदृढ हुँदै गएको र समृद्धिको अभियानलाई तीव्रता दिने गरी कूटनीतिक सम्बन्धलाई अघि बढाउने गरी राजदूत नियुक्ति गरिएको जवाफ फर्काए । राजदूत नियुक्ति गर्दा समावेशी सिद्धान्तलाई अवलम्बन गरिएको मन्त्री ज्ञवालीको दाबी थियो ।





  • प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार १७:५४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया