प्रकाशमान सिंह भन्छन् - देशको भविष्यलाई उज्ज्वल बनाउन योग्य व्यक्ति छानौँ
फाइल तस्बिर

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको भविष्यलाई उज्ज्वल बनाउनका लागि मतदाताले योग्य व्यक्तिको चयन गर्नुपर्ने बताएका छन् । बिहीबार नेपाली कांग्रेसका संस्थापक नेता स्व. गणेशमान सिंहको १०८ औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आसन्न मंसिर ४ गतेको निर्वाचनमा  जनताले चुनेर पठाएका प्रतिनिधिहरूले संविधान सभाबाट जारी भएको संविधानलाई रक्षा गर्ने, संस्थागत गर्ने र प्रगतिको पथमा अघि बढ्नुपर्नेमा जोड दिन आवश्यक रहेको बताए । उनले कांग्रेसले नेतृत्व गरेको लोकतान्त्रिक वाम गठबन्धनले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जित निकालेर देशको विकासमा लाग्ने बताए ।

उनले आसन्न निर्वाचनमा सबै मतदाताले आफ्नो मतदानको अधिकारलाई सदुपयोग गर्न पनि आग्रह गरे । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवारसमेत रहनुभएका नेता सिंहले समावेशिता र लोकतन्त्रलाई मजबुत गर्न गठबन्धन लाग्ने बताए । उनले सङ्घर्षबाट प्राप्त गरेको अधिकारलाई सुनिश्चित र सुरक्षित गर्दै आगामी दिनमा विकासका काम अघि बढाउनु नै गणेशमान सिंहप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए । 

‘आगामी मंसिर ४ गतेको निर्वाचन जनताले चुनेर पठाएका प्रतिनिधिहरूले संविधान सभाबाट जारी भएको संविधानलाई रक्षा गर्ने, संस्थागत गर्ने र प्रगतिको पथमा अघि बढ्न चाहेका छौँ,’ उनले भने, ‘कांग्रेसले नेतृत्व गरेको लोकतान्त्रिक वाम गठबन्धनले चुनावी मैदानमा हामी छौँ त्यसको नतिजाले देखाउँछ । सबैले मतदान गर्न अनुरोध गर्दछु । भविष्यको भलाइको लागि चुन्नुपर्छ । मताधिकारको सदुपयोग गरौँ ।’

नेता सिंहले कार्यक्रममा गणेशमान सिंहले गरेका कामहरूको चर्चा गरी आजको दिनमा पनि उहाँका कामहरूलाई व्यवहारमा उतार्न आवश्यकता रहेको बताए । कांग्रेस संस्थापक नेता सिंहको आज विभिन्न कार्यक्रम गरेर देशभर १०८ औँ जन्म जयन्ती मनाइँदै छ ।  





  • प्रकाशित मिति : कात्तिक २४, २०७९ बिहीबार ११:६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया