प्रचण्डले नेकपाको एकता तोडेर एमालेका कार्यकर्ता लगे : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले एमालेका कार्यकर्ता लगेकाे आरोप लगाएका छन्। 

बिहीबार झापा क्षेत्र नम्बर ४ शिवगन्जमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले प्रचण्डले नेकपाको एकता तोडेर एमाले कार्यकर्ता लगेकाे बताएका हुन् । 

एकतबद्ध पार्टीमा बसेर देश बनाउनुपर्नेमा केही कार्यकर्तालाई प्रचण्डले अल्मल्याएर आफैंसँग लगेको उनको भनाइ थियाे । एमालेको देश बनाउनेबाहेक अन्य कुनै स्वार्थ नभएको भन्दै अध्यक्ष ओलीले गठबन्धन छाडेर एमालेमा आउन कांग्रेस र माओवादीका नेता–कार्यकर्तालाई आग्रह गरे। 

निर्वाचनमा केही सिटमा राप्रपासँग भएको तालमेलको सहमतिलाई इमानदारीपूर्वक कार्यान्वयन गर्न उनले कार्यकर्तालाई आग्रह पनि गरे । 





  • प्रकाशित मिति : कात्तिक २४, २०७९ बिहीबार १६:७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया