एकअर्काकाे टाउकाकाे मूल्य ताेक्ने र बम हान्नेले एमालेविरुद्ध नक्कली मित लगाए

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नक्कली मित लगाएको टिप्पणी गरेका छन्।

झापाको सुरूंगामा बिहीबार भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले टाउकाकाे मूल्य ताेक्ने कांग्रेस र बम हान्ने माओवादीले एमालेविरुद्ध नक्कली मित लगाएकाे बताए । 

देउवाले प्रचण्डको टाउकाको मूल्य ५० लाख तोकेकाे र प्रचण्डको पार्टीले देउवालाई मार्न बम हानेको स्मरण गर्दै उनले भने,'प्रचण्डलाई काँधमा बोक्न लेखेको रहेछ देउवा बाँचे,आज दुईजना एमालेविरूद्ध नक्कली मित लगाएर हिँडेका छन्।’ 

संसदबाट एमालेको सरकार ढाल्न नसकेपछि गठबन्धनले सर्वोच्च अदालतबाट जालझेल गरी आफूलाई सरकारबाट हटाएको उनले दाबी गरे । अहिलेकाे सत्तारूढ गठबन्धन सत्ताका कारण चुनावपछि भत्किने उनको दाबी छ । 





  • प्रकाशित मिति : कात्तिक २४, २०७९ बिहीबार १७:३९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया