तीन दिनमा ९१४ नयाँ डेंगु संक्रमित थपिए

नेपालमा पछिल्लो तीन दिनमा ९१४ नयाँ डेंगु संक्रमित थपिएका छन् । योसँगै बुधबारसम्म संक्रमितको सङ्ख्या ५१ हजार एक सय ७७ पुगेको छ।

तीन दिनमा थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै डेंगुबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ५७ पुगेको हो। 

सबैभन्दा धेरै बागमती प्रदेशमा ३९ हजार छ सय २४ जना डेंगुका संक्रमित छन्। लुम्बिनी प्रदेशमा चार हजार नौ सय १८, प्रदेश १ मा दुई हजार ८५, गण्डकी प्रदेशमा एक हजार सात सय २१, सुदूरपश्चिम प्रदेशमा आठ सय ९६ र कर्णाली प्रदेशमा छ सय ७६ जना संक्रमित भइसकेका छन्।  

डेंगुबाट धेरै संक्रमित भएका १० जिल्लामा काठमाडौँमा १३ हजार सात सय ८७, ललितपुरमा नौ हजार पाँच सय २२, भक्तपुरमा पाँच हजार चार सय ८९, मकवानपुरमा पाँच हजार तीन सय ४७, चितवनमा दुई छ सय २७, दाङमा दुई हजार तीन सय ८८, धादिङमा एक हजार चार सय ११ र रुपन्देहीमा एक हजार एक सय ९५ संक्रमित छन्। 





  • प्रकाशित मिति : कात्तिक २४, २०७९ बिहीबार २०:४८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया