खुला बहसमा आउन मोदीलाई राहुलको ‘च्यालेन्ज’

नयाँदिल्ली– भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुला बहसमा आउन चुनौती दिएका छन् ।

प्रधानमन्त्री मोदीले देशलाई एकताबद्ध गर्छु भन्दै कुरा मात्रै गर्ने, काम भने नगर्ने गरेको भन्दै अध्यक्ष राहुलले मोदीलाई राष्ट्रिय मुद्दामा बहसका लागि आह्वान गरेका हुन् । 

प्रधानमन्त्री मोदी सार्वजनिक बहसका लागि आफूसँग डराउने तर्क गर्दै उनले आउँदो लोकसभाको निर्वाचनमा कांग्रेस भारतीय जनता पार्टी र राष्ट्रिय स्वयमसेवक दलसँग बहसमा उत्रिने र भारतीय कंग्रेसको पक्षमा मतदातालाई अघि बढ्न प्रोत्साहित गर्ने बताए । 

‘यदि कसैले नरेन्द्र मोदीलाई मसँग १० मिनेट खुल्ला बहसमा आमन्त्रण गर्नुभयो भने उहाँ सहमत हुनुहुनेछैन,’ नयाँदिल्लीमा एक कार्यक्रमलाई सम्बोधन गर्दै चुनौतीको भाषामा राहुलले भने, ‘मैले भनिरहेको छु, उहाँ बहसबाट टाढा बस्न चाहनुहुन्छ, उहाँलाई मैले राम्रोसँग चिनेको छु ।’ 

भारतमा केन्द्रीय सदन लोकसभाको चुनाव नजिकिँदै जाँदा प्रतिस्पर्धी दलमाथि आरोप–प्रत्यारोप बढेको छ । 





  • प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार २१:६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया