विश्वकपका लागि रोनाल्डोको कप्तानीमा पोर्चुगलको टोली घोषणा

आसन्न फिफा विश्वकप फुटबलका लागि पोर्चुगलले टोली घोषणा गरेको छ । पोर्चुगलले गएराति विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो । पोर्चुगलको घोषित टोलीमा कप्तान क्रिस्टियानो रोनाल्डो पनि समावेश भएका छन् ।  

उनी पाँचौंपटक विश्वकप टिममा समावेश भएका हुन् । त्यस्तै, पेपे, ब्रुनो फर्नान्डेस, जोआ फेलिक्स, रुबेन डियास, आन्द्रे सिल्भालगायत खेलाडीले पनि टोलीमा स्थान पाए । यसपटकको विश्वकप २० नोभेम्बरबाट कतारमा सुरु हुँदैछ ।

पोर्चुगल समूह ‘एच’ मा छ । उसले पहिलो खेल २४ नोभेम्बरमा घानाविरुद्ध खेल्ने तालिका छ ।

विश्वकपका लागि पोर्चुगलको टोली :

गोलकिपर– डिओगो कोस्ट, रुई प्याट्रिसियो र जोसे सा ।

डिफेन्डर– जोआओ क्यान्सेलो, डिओगो डालोट, रुबेन डायस, राफेल गुरेइरो, नुनो मेन्डेस, पेपे, डानिलो परेरा र एन्टोनियो सिल्भा ।



मिडफिल्डर– विलियम कार्भाल्हो, ब्रुनो फर्नान्डेस, जोआओ मारियो, रुबेन नेभेस, म्याथियस नुनेस, ओटाभियो, जोआओ पाल्हिन्हा, बर्नाडो सिल्भा र भिटिन्हा ।

फरवार्ड– जोआओ फेलिक्स, रिकार्डो होर्टा, राफयल लियो, गोन्कालो रामोस, क्रिस्टियानो रोनाल्डो र आन्द्रे सिल्भा ।



  • प्रकाशित मिति : कात्तिक २५, २०७९ शुक्रबार ७:३२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया