‘हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र’ विकास गरेको इरानको दाबी

इरानले हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरेको दाबी गरेको छ । इरानको ‘इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर (आईआरजीसी)’ का एक वरिष्ठ कमान्डरले इरानले ‘हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र’ निर्माण गरेको बताएका हुन् ।

आईआरजीसीको एयरोस्पेस डिभिजनका कमान्डर अमिर अली हाजिजादेहलाई उद्धृत गर्दै इरानको प्रेस टिभी नेटवर्कले भनेको छ, ‘यो क्षेप्यास्त्रको गति उच्च छ र यसले पृथ्वीको वायुमण्डलभित्र र बाहिर दुवै तर्फ चल्न सक्छ ।’

‘नयाँ क्षेप्यास्त्र सबै क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट अघि बढ्न सक्छ,’ उनले भने ।

हाजिजादेहले अगाडि भनेका छन्, ‘मेरो विचारमा नयाँ क्षेप्यास्त्रको सामना गर्न सक्ने प्रविधि आगामी दशकमा हासिल हुनेछ, यसले शत्रुको एन्टी–मिसाइल प्रणालीलाई निशाना बनाउन सक्छ र यसको उत्पादनले नयाँ पुस्ताका क्षेप्यास्त्रको विकासमा ठूलो फड्को मारेको छ ।’  





  • प्रकाशित मिति : कात्तिक २५, २०७९ शुक्रबार ९:१०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया