दार्चुलामा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, चारजना घाइते
प्रतीकात्मक तस्वीर

दार्चुलामा चुनावी प्रचारप्रसारका क्रममा नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच भएको झडप भएको छ ।  

जिल्लाको अपिहिमाल गाउँपालिका–५ ओखलमा चुनावी प्रचारप्रसारका क्रममा हिजो झडप हुँदा चारजना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार गठबन्धनका कार्यकर्ताले एमालेका प्रदेश सभा क्षेत्र नम्बर–२ का उम्मेदवार रामदत्त जोशीको टोलीलाई आफ्नो क्षेत्रमा प्रचार गर्न अवरोध गरेपछि झडप भएको थियो ।  

झडपमा परी गठबन्धनका कार्यकर्ता अपिहिमाल गाउँपालिका–६ का जहेन्द्र धामी, जगत धामी र एमालेका कार्यकर्ता मार्मा गाउँपालिका–३ का वीरेन्द्र विष्ट र शैल्यशिखर नगरपालिका–९ का सुरेश बादी घाइते भएका छन् । 

घाइते्रको लटिनाथ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक २५, २०७९ शुक्रबार ९:२२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया