अस्ट्रेलियाको मेलबर्नमा अध्ययन सँगै रोजगाररत नव गायक रोहितसिंह थापाको डेब्यु म्युजिक भिडियो ‘जुनेली रात’ को टिजर सार्वजनिक भएको छ। रोमान्टिक भर्सनको गीतमा शब्द रोशन श्रेष्ठको रहेको छ भने संगीत कल्याण सिंहको रहेको छ।
अस्ट्रेलियाको विभिन्न रमणीय ठाउँहरुमाहरुमा छायाङ्कन गरिएको म्युजिक भिडियोमा स्वयम् गायक रोहितसिंह थापा र दुर्गा भण्डारी बीचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ। ग्यान्योनले छायांकन गरेको भिडियोको पोस्ट प्रडक्शनको काम जी क्रियशन मार्फत भइरहेको छ। भिडियो नयाँ वर्ष २०८० को अवसर पारेर सार्वजनिक गर्ने तयारी रहेको गायक थापाले बताएका छन्।
टिजरले दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। आफ्नो पहिलो म्युजिक भिडियो दर्शक स्रोतालाई मन पर्ने कुरामा गायक थापा आशावादी रहेका छन् । टिजर गायक थापाको युट्युब च्यानल 'जुनेली रात' मार्फत सार्वजनिक गरिएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।