कवि तथा लेखक रमेश सायनको पहिलो उपन्यास ‘अन्तर’को आवरण सार्वजनिक भएको छ । इटहरीमा आयोजित कार्यक्रममा कवि मनु मन्जिल र लेखक तथा अभिनेता खगेन्द्र लामिछानेले पुस्तकको आवरण लोकार्पण गरेका हुन् ।
मानव समाज र मानवीय संवेदनासँग जोडिएको नवीन कथालाई लेखक सायनले उपन्यासमा चित्रण गरिएको प्रकाशक संस्था बुकहिलले जनाएको छ ।
अन्तर उपन्यास आगामी माघ महिनामा सार्वजनिक हुनेछ । गैर–आख्यान ‘छुटेका अनुहार’का लागि प्रतिष्ठित पद्मश्री साहित्य पुरस्कार प्राप्त गरेका रमेश सायनको ‘भागेर भूगोलभरि’ कविता संग्रह प्रकाशित छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।