जिल्लाकै बेइज्जत गर्ने आलेको जमानत जफत गरिदिनुस् : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छाडा बोलेर डोटी जिल्लाकै बेइज्जत गर्ने नेतालाई भोट नदिन आग्रह गरेका छन् । 

डोटीको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले प्रेम आले मगरतर्फ इंगित गर्दै यस्तो छाडा बोल्नेलाई मतदान गरेर फेरि मन्त्री बनाउन नहुने बताए । 

उनले आलेले डोटीको मात्रै नभई नेपाली संस्कृतिकै बेइज्जत गरेको बताए । उनले डोटीको मान्छेले यस्तै बोल्छ त ? भनेर प्रश्न गरेका थिए । 

उनले नेपाली कांग्रेसको जिन्दगीभर राजनीति गरेका मान्छेलाई पनि डोटीबाट हटाएर कैलाली पुर्याएको भन्दै त्यस्तो पार्टीलाई भोट नदिई एमालेलाई दिन आग्रह गरे ।





  • प्रकाशित मिति : कात्तिक २६, २०७९ शनिबार १६:१०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया