पोखरेलप्रति पौडेलको टिप्पणी : पटकपटक अवसर पाएर पनि काम गर्न सक्नुभएन, अब हामीलाई मौका दिनुहोस्

नेपाली कांग्रेसका युवानेता प्रदीप पौडेलले काठमाडौं–५ का एमाले उम्मेदवार ईश्वर पोखरेलले पटक–पटक अवसर पाएर पनि काम गर्न नसकेको आरोप लगाएका छन् । 

सत्ता गठबन्धनबाट काठमाडौं क्षेत्र न ५ का उम्मेदवार नेता पौडेलले शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पोखरेललाई मतदाताले भोट हाल्नुपर्ने आधार नरहेको दाबी गरेका हुन् । सो क्षेत्रमा एमालेका तर्फबाट पोखरेल उम्मेदवार छन् ।  

शक्तिमा हुँदा पनि पोखरेलले केही काम नगरेको उल्लेख गर्दै उनले भने, ‘आदरणीय पिता समानका व्यक्तिलाई म आग्रह गर्न चाहन्छु। तपाईंले अवसर पाउनुभयो, एकपटक होइन, पटक‘पटक। तर, तपाईंले केही पनि गर्न सक्नुभएन ।’

पोखरेलले विश्वभर कोरोना महामारीको चपेटा परिरहँदा जनतालाई नै लुटेको पौडेलको आरोप छ । ‘तपाईंले जनता महामारीमा पर्दा जनतालाई नै लुट्नुभयो, त्यसकाराण तपाईंको पालो पुग्यो, अब हामीलाई मौका दिनुहोस्। हामी प्रतिबद्धता पूरा गरेर देखाउँछौँ।’ 

आफूहरुले पहिल्यैबाट पार्टीभित्र वैकल्पिक राजनीतिको विषयमा वकालत गरिरहेको दाबी गर्दै पौडेलले वैकल्पिक राजनीतिको प्रतिनिधित्वका लागि आफूलाई समर्थन गर्न सो क्षेत्रका स्वतन्त्र उम्मेदवारहरुलाई आग्रह गरे । 
 
‘स्वतन्त्र उम्मेदवार साथीहरुलाई म भन्न चाहन्छु। तपाईहरुले वैकल्पिक राजनीतिका बारेमा बहस गर्नुभयो। तपाईहरुलाई स्यालुट गर्न चाहन्छु, युवानेता पौडेलले भने, ‘म यो पनि भन्न चाहन्छु, वैकल्पिक राजनीतिको वकालत गर्ने साथीहरु पार्टीमा पनि छन् ।’

उनले आफू २०४३ सालबाट निरन्तर काठमाडौं बस्दै आइरहेको र राजधानी सबैको साझा हुने भएकाले आफूलाई टुरिस्ट भन्नु उचित नभएको पौडेलको भनाइ थियो । 





  • प्रकाशित मिति : कात्तिक २६, २०७९ शनिबार १६:३८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया