प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदा दुई–तीनवटा चुनावसम्म गठबन्धन रहने दाबी गरेका छन् । शनिबार भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले प्रतिगमनको खतरा रहँदासम्म गठबन्धन कायम रहने बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानलाई खेलौना ठानेको उनले आरोप लगाए । ‘लडाइँ गरेर ल्याएको गणतन्त्र, संघीयता र राष्ट्रिय एकता जोगाउन आवश्यक छ,’ देउवाले भने, ‘त्यसका लागि गठबन्धन बनेको हो । अझै लामो समय गठबन्धन चाहिन्छ ।’
कार्यक्रममा कांग्रेस चितवनका पूर्वसभापति विकास कोइरालाको कारबाही फुकुवाको माग गर्दै उनका समर्थकले प्रदर्शन गरेका थिए । नाराबाजीमा उत्रेका कोइराला समर्थकलाई सम्बोधन गर्दै देउवाले भने ‘पहिला यहाँका उम्मेदवारहरुलाई चुनाव जिताउनुस् । जिताएको भोलिपल्टै कारबाही फुकुवा हुन्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।