सिटी घरेलु मैदानमै पराजित

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर सिटी पराजित भएको छ । ऊ घरेलु मैदानमै  ब्रेन्टफोर्डसँग २–१ ले पराजित भएको हो ।

इतिहाद स्टेडियममा ब्रेन्टफोर्डलाई जित दिलाउन दुवै गोल इभान टोनी गर्दा सिटीका लागि फिल फोडेनले एक गोल फर्काए ।

खेलको १६ औं मिनेटमा टोनीले  ब्रेन्टफोर्डलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको थप गरिएको समयमा फोडेनले सिटीलाई १–१ को बराबरीमा ल्याए ।

दोस्रो हाफको थप गरिएको समयमा टोनीले व्यक्तिगत दोस्रो गोल गर्दै ब्रेन्टफोर्डलाई २–१ को रोमाञ्चक जित दिलाए ।

जितसँगै १५ खेलमा १९ अंक जोडेको ब्रेन्टफोर्ड १० औं स्थानमा रहँदा पराजित सिटी १४ खेलबाट ३२ अंकका साथ दोस्रो स्थानमा छ ।

लिगअन्तर्गकै अन्य खेलमा चेल्सी न्युकासल युनाइटेड तथा क्रिस्टल प्यालेस नोटिङ्घम फरेस्टसँग समान १–० ले पराजित भए । 





  • प्रकाशित मिति : कात्तिक २७, २०७९ आइतबार ७:२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया