साउथह्याम्पटनविरुद्ध लिभरपुलको सहज जित

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा घरेलु टोली लिभरपुलले जित निकालेको छ । उसले साउथह्याम्पटनविरुद्ध ३–१ को जित निकालेको हो ।

एनफिल्डमा खेलको छैटौं मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । नवौं मिनेटमा चे एडम्सले  साउथह्याम्पटनलाई १–१ को बराबरीमा ल्याए । 

२१ औं मिनेटमा डार्विन नुनेजले लिभरपुललाई २–१ ले अग्रता दिलाए । ४२ औं मिनेटमा नुनेजले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई ३–१ को जित दिलाए ।

यो जितसँगै १४ खेलमा २२ अंक जोडेको लिभरपुल छैटौं स्थानमा रहँदा पराजित साउथह्याम्पटन १५ खेलबाट १२ अंकका साथ १९ औं स्थानमा छ ।

लिगअन्तर्गतकै अन्य खेलमा लेस्टर सिटीले वेस्ह्याम युनाइटेडलाई २–० तथा बर्नमाउथले एभर्टनलाई ३–० ले पराजित गरे । 
 





  • प्रकाशित मिति : कात्तिक २७, २०७९ आइतबार ७:१२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया