इंग्ल्याण्ड र पाकिस्तानबीचको टी–२० विश्वकप उपाधि भिडन्त आज

अस्ट्रेलियामा जारी आठौं संस्करणको आइसिसी टी–२० विश्वकपको उपाधिका लागि आज इंग्ल्याण्ड र पाकिस्तान खेल्दैछन् । यी दुई टोलीबीचको उपाधि भिडन्त दिउँसो १ः४५ देखि मेलबर्न क्रिकेट राउन्डमा सुरु हुनेछ । 

हालसम्म पाकिस्तान र इंग्ल्याण्डले एकरएकपटक टी–२० विश्वकपको उपाधि जितेका छन् । पाकिस्तानले सन् २००९ मा उपाधि जितेको थियो । इंग्ल्याण्डमा भएको सो संस्करणको फाइनलमा उसले श्रीलंकालाई ८ विकेटले हराएको थियो ।

इंग्ल्याण्डले सन् २०१० को टी–२० विश्वकप जित्यो । वेस्ट इण्डिजमा भएको सो विश्वकपमा उसले फाइनलमा अस्ट्रेलियालाई ७ विकेटले हराएको थियो । यसपटक पाकिस्तान र इंग्ल्याण्ड दोस्रोपटक विश्वकप जित्दै वेस्ट इण्डिजको कीर्तिमान बराबर गर्न चाहन्छन् ।

हालसम्म सर्वाधिक टी–२० विश्वकप जित्ने रेकर्ड वेस्ट इण्डिजको नाममा छ । उसले २०१२ र २०१६ को विश्वकप जितेको थियो । यसपटक पाकिस्तान सुपर–१२ बाटै बाहिरिने सम्भावना बलियो थियो । तर, दक्षिण अफ्रिकाले नेदरल्याण्ड्ससँग हार बेहोरेपछि पाकिस्तानले बंगलादेशलाई हराउँदै सेमिफाइनलको यात्रा तय गर्‍यो ।

सेमिफाइनलमा न्यूजिल्याण्डलाई हराउँदै पाकिस्तानले फाइनलको टिकट काट्यो । त्यस्तै, इंग्ल्याण्डले सेमिफाइनलमा उपाधि दाबेदार मानिएको भारतलाई १० विकेटले स्तब्ध पार्दै फाइनलको यात्रा गर्न सफल भयो । पाकिस्तान–इंग्ल्याण्ड दुवै टोली उत्कृष्ट लयमा छन् ।  





  • प्रकाशित मिति : कात्तिक २७, २०७९ आइतबार ७:२२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया