प्रिमियर लिग : ओडेगार्ड चम्किँदा आर्सनल विजयी

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा लिग लिडर आर्सनल विजयी भएको छ । ऊ घरेलु टोली उल्भ्सविरुद्ध २–० ले विजयी भएको हो ।

मोलिनेयुक्स स्टेडियममा आर्सनललाई जित दिलाउन दुवै गोल मार्टिन ओडेगार्डले गरे । खेलको ५४ औं मिनेटमा ओडेगार्डको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । 

७५ औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीलाई २–० को सहज जित दिलाए । यो जितसँगै १४ खेलमा ३७ अंक जोडेको आर्सनल शीर्ष स्थानमा कायम रहँदा पराजित उल्भ्स १५ खेलबाट १० अंकका साथ पुछारमा छ ।

लिगअन्तर्गकै अर्को खेलमा टोटेनहमले लिड्स युनाइटेडविरुद्ध ४–३ को रोमाञ्चक जित निकाल्यो ।  





  • प्रकाशित मिति : कात्तिक २७, २०७९ आइतबार ७:४५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया