सेयर बजार पछिल्ला पाँच दिनका कारोबारमा लगातार घटिरहेको छ । साताको पहिलो दिन आइतबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ ।
सेयर बजार परिसूचक नेप्से आज आइतबार १० दशमलव ५४ अंकले घटेर एक हजार आठ सय ८३ दशमलव १६ विन्दुमा झरेको छ । होटल समूहको सेयर सामान्य बढे पनि अरू सबै समूहको सेयर घटेर बजार राताम्मे देखिएको छ ।
आज दुई सय २५ वटा कम्पनीकाे २० लाख २८ हजार कित्ता सेयर ७७ करोड ४९ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १० करोड ३९ लाख रुपैयाँको सेयर किनबेच भयो ।
आज नबिल ब्यालेन्स फन्ड–२ र निर्धन उत्थान लघुवित्तको सेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै लक्ष्मी इक्विटी फन्डको सयर झण्डै सात प्रतिशतले बढेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।