नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावलको माया लागे अछाम जान कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनकाे प्रचारका क्रममा दैलेख पुगेका ओलीले यस्ताे बताएका हुन् ।
कार्यक्रममा उपस्थित कार्यकर्ताहरुले भीम रावल खाेइ भन्दै प्रश्न गरेपछि रुष्ट बनेका ओलीले जवाफ फर्काउँदै भने, ‘चुप लागेर बस्नुस् । भीम रावलको माया लाग्या भए अछाम जानुस् ।’
भीम रावललाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा टिकट नदिएकाे विषयमा सुदूरपश्चिमका जिल्लाहरूमा प्रश्न उठ्ने गरेका छन् । एक साताअघि दार्चुलाकाे कार्यक्रममा पनि ओलीले यस्ताे प्रश्नकाे सामना गर्नुपरेकाे थियाे । त्यसबेला उनले एउटै व्यक्तिले पटकपटक अवसर पाएकाे, तर अवसरलाई पार्टीकाे हितमा प्रयाेग नगरेकाे भन्दै जवाफ फर्काएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।