सन् २०१८ अहिलेसम्म सबैभन्दा गर्मी चार वर्षमध्ये एक
आर्कटिक क्षेत्रमा तापक्रम वृद्धिका कारण लगातार पग्लिरहेकाे हिउँ/ तस्बिर: एजेन्सी

एजेन्सी– सन् २०१८ विश्वमा सबैभन्दा धेरै गर्मि भएका चार वर्षमध्ये एक भएको छ । नासाले गरेको मौसमसम्बन्धी अध्ययनले विश्वमा अहिलेसम्म भएका सबैभन्दा गर्मि वर्षहरुमध्ये २०१८ चौथो वर्षको रुपमा रहेको निष्कर्ष निकालेको छ । 

नासा र नेशनल ओसनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशनले विहीबार आफ्नो विश्लेषण सार्वजनिक गर्दै यसको जानकारी दिएका हुन् ।

एनओएले आफ्नो मुल्यांकन प्रतिवेदनमा गएको वर्ष पृथ्वीको तापक्रम २० औं शताब्दीको औसत तापक्रम ०.७९ डिग्री सेल्सियसभन्दा धेरै भएको उल्लेख गरेको छ ।

नासाका अनुसार २०१८ मा विश्वको तापमान १९५१ को औसत तापक्रमभन्दा ०.८३ डिग्री सेल्सियसले बढी थियो ।

नासाले आफ्नो अध्ययन प्रतिवेदनमा सबैभन्दा धेरै तापक्रम आर्कटिक क्षेत्रमा बढिरहेको उल्लेख गरेको छ । त्यस्तै, २०१८ मा समुद्री हिउँ पग्लिने क्रम पनि अत्यधिक रह्यो ।

नासाको गोगार्ड इन्स्टिट्युट अफ स्पेस स्टडिजका निर्देशक गेविन स्किम्डले लामो समयदेखि विश्वमा तापक्रम बढिरहेको चिन्ताका बाबजुद पनि २०१८ निकै गर्मि वर्षको रुपमा रहेको बताएका छन् । 



१८८० पछि पृथ्वीको सतहको औसत तापक्रम करिब १ डिग्री सेल्सियसभन्दा माथि रहेको छ । 

वातावरणमा कार्बनडाइअक्साइडको उत्सर्जनमा वृद्धि र मानवीय गतिविधिका बढेको ग्रीनहाउस ग्याँसका कारण वायुमण्डलमा तापक्रम बढिरहेको छ ।तापक्रममा वृद्धि हुँदा विश्वमा अहिले तटीय बाढी, समुद्री आँधी, वायुचक्रमा फेरबदल, तातो छाल जस्ता मौसमी समस्याहरु देखिएको स्किम्ड बताउँछन् । 



नासाले ६,३०० मौसमी स्टेशन, समुद्रमा रहेका जहाज र स्टेशन, अन्र्टाकाटिकामा रहेका मौसमका रिसर्च स्टेशन आदिका आधारमा यो नतिजा निकालेको हो ।  

  • प्रकाशित मिति : माघ २५, २०७५ शुक्रबार ९:२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया