गठबन्धनभन्दा ओली नेतृत्वको सरकार देशको हितमा : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले गठबन्धनभन्दा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार देशको हितमा रहेको बताएका छन् ।  

उनले ओलीलाई नाकाबन्दीको बेला डटेर लड्ने नेता भएको पनि उल्लेख गरेका छन् । ​विदेशीले कब्जा गरेको लिम्पियाधुरालाई समेटेर नेपालको नक्सा पनि ओलीले बनाएको थापाको दाबी छ । 

‘कसैलाई तितो लाग्ला तर भारतले नाकाबन्दी गर्दा त्यसको विरोधमा बोल्न डराउने नेताहरूभन्दा त्यसको विरुद्ध डटेर लड्ने, विदेशीले कब्जा गरेको लिम्पियाधुरा बिर्सने नेताहरूभन्दा चुच्चे नक्सा बनाउने केपी शर्मा ओली र विदेशीको प्रेरणामा बनेको गठबन्धनभन्दा ओली नेतृत्वको सरकार देशको हितमा हुन्छ,’ थापाले ट्विट गरेका छन् । 





  • प्रकाशित मिति : कात्तिक २८, २०७९ साेमबार १०:१०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया