ओलीकाे आरोप : प्रचण्डले गोरखामा गुन्डा पठाएर मान्छे कुट्न लगाए

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखामा गुन्डा पठाएर मान्छे कुट्न लगाएको आरोप लगाएका छन् ।

चितवनमा आयाजित चुनावी सभालाई सम्बोधन गर्दै उनले गुन्डा पठाएर मान्छे कुट्न लगाउनुले गाेरखामा पनि उनकाे हालत कमजाेर रहेकाे देखिएको बताए ।

प्रचण्डलाई लक्षित गर्दै उनले भने,‘गोरखामा पनि हालत के रहेछ भनेर थाहा पाइसक्यौँ। मान्छे कुट्न थाले। खाना खाइरहेको ठाउँमा गुन्डा पठाएर बोतलै बोतलै हानेर टाउको फुटाउनतिर लागे।’

ओलीले प्रतिगमन गर्‍यो भनेर लोकतन्त्रको रक्षा गर्न आएका भन्नेहरूले बियरको बोतल बोकेर अर्काको टाउकोमा हान्न लगाएको आरोप लगाए।





  • प्रकाशित मिति : कात्तिक २८, २०७९ साेमबार १५:२३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया