\
अभिनेता प्रदीप खड्काले भारतकाे ‘ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा अवार्ड पाएका छन् । उनलाई फिल्म ‘प्रेमगीत ३’ को हिन्दी संस्करणबाट फिचर फिल्मतर्फको डेब्यु अभिनेताको अवार्ड दिइएको हो ।
आइतबार साँझ आयोजित अवार्ड समाराेहमा डेब्यु अभिनेताकाे अवार्ड हात पारेकाे उनले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । उनले फेसबुकमा अवार्डको तस्बिरसहित आयोजकलाई धन्यवाद समेत दिएका छन् ।
‘प्रेमगीत ३’ फिल्मको हिन्दी संस्करण भारतमा पनि प्रदर्शन भएको थियो । विश्वव्यापी रुपमा ३९ करोड कमाएको यो फिल्मले नेपालबाट मात्रै १५ करोड ८ लाख कमाएको निर्माण युनिटको दाबी छ । यसका निर्माता तथा निर्देशक सन्तोष सेन हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।