नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर बजार नेप्से सूचक सोमबार २१ अंकमाथिले वृद्धि भएको छ । यस दिन नेप्से सूचक २१.२६ अंकले बढ्दै १९०४.४३ अंकमा उक्लिएको हो ।
यस्तै आज क वर्गको सन्सेटिभ इन्डेक्स समेत ४.५० अंकले बढ्दै ३७५.०३ अंकमा उक्लिएको छ । आज १३ वटै उपसमूह धनात्मक भएका छन् ।
सबैभन्दा बढी म्यानु एण्ड प्रो समूहको उपसूचक ३.१३ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक २.७१ प्रतिशतले, होटल तथा टुरिजम २.२७ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह २.२० प्रतिशतले र हाइड्रोपावर २.०७ प्रतिशतले बढेको छ ।
सबैभन्दा बढी आज तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताहरुले ९.८४ प्रतिशतले कमाएका छन् भने लक्ष्मी इक्युटी फन्डका लगानीकर्ताहरुले ६.५८ प्रतिशतले गुमाएका छन् ।
२१ अंकमाथिले बढेको बजारमा आज कुल ९४ करोड ६० लाख ८९ हजार ५२१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।