नेकपा एमालेले चितवनकाे क्षेत्र नं ३ मा कांग्रेसका विद्राेही उम्मेदवार दिनेश काेइरालालाई समर्थन गरेकाे छ । वचनले काेइरालालाई समर्थन गरे पनि एमालेले राप्रपाका उम्मेदवार विक्रम पाण्डेलाई मौन समर्थन गरेकाे आकलन गरिएकाे छ ।
त्यसकाे संकेत साेमबार चितवनको भरतपुरमा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले देखाएका छन् । चुनावी सभामा उनले अन्य क्षेत्रका विपक्षी उम्मेदवारलाई कटाक्ष गरे पनि क्षेत्र नं ३ का उम्मेदवार पाण्डेकाे बारेमा माैन रहे ।
गठबन्धनबाट क्षेत्र नं ३ मा उम्मेदवार बनेका माओवादीका डा. भोजराज अधिकारीप्रति संकेत गर्दै ओलीले संसद बिरामी जाच्ने ठाउँ नभएर कानुन बनाउने ठाउँ भएकाे बताए ।
यसैगरी क्षेत्र २ का स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेप्रति संकेत गर्दै टिभीमा समाचार बनाउनेहरु घण्टी बजाउँदै बाटो खोज्दै हिँडेको तर ४ गतेपछि आराम गर्ने बताए ।
क्षेत्र नं ३ मा बलियो मानिएका राप्रपाका पाण्डेका बारेमा भने ओलीले मौनता साँधे । उनले पाण्डेकाे विराेध वा समर्थन केही पनि गरेनन् । यसले पाण्डेलाई ओलीकाे माैन समर्थन रहेकाे कतिपयले अर्थ लगाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।